दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा उडानकै क्रममा एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेको घटना सार्वजनिक भएको छ।
घटनापछि विमान आफ्नो निर्धारित मार्गबाट मोडिएर साउदी अरबको दिशातर्फ गएको बताइएको छ। उडानका क्रममा विमान करिब दुई मिनेटभन्दा कम समयमा ५ हजार २ सय मिटर तल झरेको विवरण पनि सार्वजनिक भएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले घटनाबारे जानकारी दिँदै चक्कु प्रहार गर्ने भनिएका पाइलटलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार ती पाइलटले विमानलाई दुर्घटनामा पार्ने प्रयास गरेको आरोप छ।
घटनाका क्रममा विमानभित्र रहेका एक यात्रुले सहायता माग्दै आपत्कालीन अवस्थाबारे जानकारी गराएका थिए।
घटनापछि विमानलाई सुरक्षित रूपमा अवतरण गराइएको र घटनाबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको बताइएको छ।
घटनाको विस्तृत कारण र पाइलटको उद्देश्यबारे अनुसन्धानबाट थप जानकारी आउने अपेक्षा गरिएको छ।
